काठमाडौं, कार्तिक ३० ।
सर्वोच्च अदालतले बलात्कारको मुद्दामा विदेशी नागरिक भएकै आधारमा छुट गर्न नमिल्ने फैसला गरेको छ । नौ वर्षअघि बाँकेमा भएको १४ वर्षकी किशोरी बलात्कार मुद्दामा सर्वोच्चले पीडकबाट भराउने क्षतिपूर्तिको विषयमा विदेशी नागरिकलाई पनि नेपाली नागरिकसरह कानुन लाग्ने फैसला गरेको छ ।
सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने फैसलाको पूर्णपाठमा उल्लेख छ । २ माघ २०६६ मा बाँकेमा भारतीय नागरिकले नेपाली किशोरीलाई बलात्कार गरेको मुद्दामा उक्त फैसला गरेको हो ।नयाँ पत्रिकाबाट
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline