नवलपरासीमा बस दुर्घटना, १६ जना घाइते

नवलपरासीमा बस दुर्घटना, १६ जना घाइते

  • बिहिबार, कार्तिक २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नवलपरासी,कात्तिक २९ ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोतीमा आज बिहान दाङबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंका लागि छुटेको ना ६ ख ६३०१ नम्बरको बस आफैँ अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परेर सामान्य घाइते भएका १२ जनाको कालीगण्डकी अस्पताल कावासोती उपचार भइरहेको छ ।

यस्तै गम्भीर चोट लाग्ने चार जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

गम्भीर चोट लाग्ने दाङ सतवरीया ८ बस्ने २६ वर्षीया पूजा तामाङ, दाङ लमही ९ बस्ने ३० वर्षीया कल्पना बुढामगर, दाङ देउखुरी बस्ने ४७ वर्षीया रामदुल्ली चौधरी र दाङ देउखुरी ६ बस्ने ५० वर्षीय प्रदेसु चौधरी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ