पत्रकारलाई दुर्घटना बीमा गर्न महासंघको आग्रह

पत्रकारलाई दुर्घटना बीमा गर्न महासंघको आग्रह

  • बिहिबार, कार्तिक २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, कात्तिक २९ ।
नेपाल पत्रकार महासङ्घले श्रमजीवी तथा स्वतन्त्र पत्रकारका लागि सुरु गरिएको तेस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभाग र पत्रकार महासङ्घबाट यो बीमा कार्यक्रम सुरु गरिएको हो ।

महासङ्घले यो कार्यक्रमअन्तर्गत आ व २०७५र०७६ मा दुर्घटना बीमा कार्यक्रममा जिल्ला, प्रतिष्ठान शाखा र एशोसिएट संस्थाका सदस्य पत्रकारलाई आवश्यक प्रक्रिया र्पुयाई आउँदो मङ्सिर १५ गतेसम्ममा सहभागी हुन अनुरोध गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले गत वैशाख र असारमा बीमा गरिएका पत्रकारले बीमाका लागि प्रक्रिया पु¥याई २०७६ वैशाखपछि सम्पर्क गर्नुपर्ने जानकारी दिनुभयो ।

सरकारले पत्रकारका लागि दुर्घटना बीमा निर्दे्शिका, २०७० मार्फत पाँच लाखसम्मको दुर्घटना बीमा स्थापना गरेको थियो ।

दुर्घटना बीमा गर्न पत्रकारले सूचना विभागले जारी गरी अवधि नसकिएको परिचयपत्र र महासङ्घको सदस्यता नवीकरण तथा सदस्यता लिएको हुनुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ