आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित

आईसीसी टी–२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानको पहिलो जित

  • बुधबार, कार्तिक २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, कात्तिक २८।
आईसीसी टि –२० महिला विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ । लगातार दुई खेलमा पराजित भएको पाकिस्तानले गएराति आएरल्याण्डलाई ३८ रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धा्रित ओभरमा ६ विकेट गुमाएर १३९ रन जोडेको थियो । पाकिस्तानका लागि जावरिया खानले नट आउट ७४ रन बनाउँदा अएसा जफारले २१ रन जोडेकी थिइन् । आएरल्याण्डका लागि लुसी रिलीले ३ विकेट लिएकी थिइन् ।
१४० रनको लक्ष्य लिएर मैदानमा आएको आएरल्याण्डले ९ बिकेटको गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो । इसबोल जोयसीले ३० रन बनाउँदा कार्ले सिलिङटनले २७ रन बनाइन् ।

अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा आएरल्याण्ड पाकिस्तानसँग ३८ रनले पराजित हुन पुगेको हो । पाकिस्तानका साना मिर, इमान अनवर, नस्र सान्धु र एलिया रियाजले दुई दुई विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ