कपिलवस्तु, कार्तिक २८ ।
बुद्धको जन्मथलो लुम्बिनीमा पहिलो फटक तीनदिने अन्तर्रा्ष्ट्रिय त्रिपिटक पाठ आजदेखि सुरु हुने भएको छ । विश्व शान्ति र भाइचाराको भावना जगाउन यो पाठ गर्न लागिएको हो ।
यस्तै लुम्बिनीको पवित्रता र महिमा उजागर गर्न लुम्बिनीमा पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउमा आज देखि आगामी शुक्रबार सम्म तीनदिन कार्यक्रम गरिनेछ । कार्यक्रम नेपाल भिक्षु महासंघ र रोयल थाइले संयुक्त रुपमा गर्ने छन् ।
बिहार त्रिपिटक बौद्ध धर्मको ग्रन्थ हो । ‘बुद्धबारे धेरैलाई थाहा भए पनि बौद्ध धर्मग्रन्थ त्रिपिटक नखेकालो त्यसको महत्व बुझाउनका लागि पनि यो पाठ गर्न लागिएको भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले जानकारी दिनुभयो ।
यसअघि यो कार्यक्रम डेढ दशक अघिदेखि लाइट अफ बुद्धधर्म फाउन्डेशन इन्टरनेशनल नामक संस्थाले बोधगया र भारतका विभिन्न बौद्ध तीर्थस्थलमा गर्दै आइरहेको थियो ।
पहिलो दिन बिहान १० बजेदेखि सुरु हुने सत्रमा थाई भिक्षुहरुले त्रिपिटक पाठ गर्नेछन् । भोजन पछि नेपाली, म्यान्मार र श्रीलंकाका भिक्षुले एक÷एक घण्टा पाठ गर्छन् ।
दोस्रो दिन ८ बजेदेखि पाठ सुरु हुन्छ ।
नेपालका महायनी संप्रदायले पाठ गर्छन् । १ बजेपछि हिमाली लामा भिक्षुले पाठ गर्छन् । त्यसपछि चीन, जापानी र भियतनामी भिक्षुले पाठ गर्छन् । तेस्रोदिनमा थाई भन्तेको नेतृत्वमा पाठ सुरू हुनेछ । त्यसपछि कम्बोडिया, नेपाली र क्यानेडियन भिक्षुले पाठ गर्छन् ।
प्रत्येक दिन ५ बजे पाठ सकिएपछि २ घण्टा धर्मदेशना दिइनेछ । बौद्ध विद्वान, संघनायक र रिम्पोछेबाट धर्मदेशना दिने कार्यक्रम छ । शाक्य र कोलीयहरुबीच युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गर्नुभएको महासमय सुत्र पाठ गरिने छ ।
यहाँ पाठ गरिने सुत्र थाई र देवनागरी लिपिमा पुस्तकका रुपमा समेत प्रकाशित गरि सकिएको छ । कार्यक्रममा ४ सय विदेशी सहित भिक्षु, भिक्षुणी, गुरुमा र अनागरिका गरेर ७ सय सहभागी हुने बताइएको छ ।