पारस खड्का आईसीसी वरियताको ४१ औं स्थानमा

पारस खड्का आईसीसी वरियताको ४१ औं स्थानमा

  • बुधबार, कार्तिक २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टीट्वेन्टी खेलाडी वरीयताको अलराउन्डरतर्फ ४१ औं स्थानमा उक्लिएका छन्।

 

नेपाली खेलाडीले आईसीसीको वरीयतामा प्राप्त गरेको यो नै अहिलेसम्मको उच्च वरीयता हो। आईसीसीले हालै सार्वजनिक गरेको वरीयतामा पारस अन्तर्राष्ट्रिय क्रिकेटका एकसेएक राम्रा खेलाडीलाई पछि पार्दै शीर्ष ५० भित्र परेका हुन्।

इङ्ल्यान्डका जोय रुट, बेन स्टोक्स, वेस्ट इन्डिजका काइरन पोलार्ड, जिम्बावेका सिकन्दर राजाजस्ता खेलाडी पारसभन्दा पछाडि परेका छन्।

रुट ४३ औं, पोलार्ड ४६ औं, स्टोक्स ४८औं र राजा ५३ औं स्थानमा छन्। पारस टीट्वेन्टी क्रिकेटको ब्याटिङतर्फको वरीयतामा पनि समावेश छन्। उनी ब्याटिङतर्फ समावेश एक सय खेलाडीमध्ये ९३ औं स्थानमा छन्।

टीट्वेन्टी खेलाडीको ब्याटिङतर्फ नेपाली खेलाडीमा उनी मात्र परेका छन्। अलराउन्डरतर्फ भने पारससँगै सोमपाल कामीले पनि स्थान पाएका छन्। अलराउन्डरतर्फ सोमपाल ६४औं स्थानमा छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ