सोडारीको मन्त्री पद सहित पार्टी सदस्यता समेत खोसियो

सोडारीको मन्त्री पद सहित पार्टी सदस्यता समेत खोसियो

  • बुधबार, कार्तिक २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

पदीय मर्यादाविपरीत काम गरेको आरोपमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीबाट हटाइएका दीर्घबहादुर सोडारीलाई नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरिएको छ ।

सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको प्रदेश कमिटीका एक पदाधिकारीले बताए ।

माओवादी केन्द्रसित पार्टी एकता हुनुअघि नेकपा एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई पार्टीको सदस्य नरहने गरी निष्कासन गरिएपनि उनको प्रदेशसभा सदस्य पद भने यथावत् रहनेछ ।

सोडारीलाई मंगलबारै दिउँसो सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरी उनको स्थानमा अपराह्न ४ बजे कृष्णराज सुवेदीलाई प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ