भाईटीकाकै रात दुई किशोरीमाथि यसरी गरियो सामूहिक बलात्कार

भाईटीकाकै रात दुई किशोरीमाथि यसरी गरियो सामूहिक बलात्कार

  • आइतवार, कार्तिक २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

सिराह, २५ कार्तिक ।

जिल्लाको लहान नगर वडा नम्बर ११ भोटिया टोलमा तिहारको भाइटीकाकै रातमा दुई किशोरी बलात्कृत भएका छन् । उनीहरुलाई जन्म दिनको पार्टी मनाउन बोलाएर सामूहिक बलात्कार गरेका हुन् ।

बलात्कृत हुने किशोरीद्वय १५ र २० वर्षकी छन् । इलाका प्रहरी कार्यालय लहानका अनुसार तिहारको भाइटीकाको दिन कार्तिक २३ गते राति जन्म दिनको पार्टी भन्दै बोलाएर भोटिया टोलमा ती किशोरीमाथि ७ जनाले सामूहिक बलात्कार गरेको समाचार छ ।

सिरहाको लक्ष्मीपुर पतारीकी र सिसवनीकी ती किशोरीलाई भोटिया टोलस्थित घरमा ल्याएर उक्त समूहले बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । सामान्य चिनजान रहेका उनीहरुलाई लहान ११ भोटिया टोलका हरि चौधरीले ‘मेरो बर्थ डे परेकाले घरमा जाऔं’ भन्दै दुबै जनालाई मोटरसाइकलमा भोटिया टोलस्थित घरमा ल्याएपछि सामूहिक बलात्कार गरेको खुल्न आएको प्रहरीको दाबी छ ।

शुरुमा दुईजनाले पछि अन्य पाँच जना युवाहरु समेत आएर सात जनाको समूहले सामूहिक बलात्कार गरेको खुलेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । सामूहिक बलात्कारमा संलग्नहरुको खोजी तीव्र रुपमा भइरहेको जानकारी कार्यालयबाट दिइएको छ ।

सामूहिक बलात्कारमा चैधरी थर भएका ३ जनाको पहिचान भइसकेको पनि जनाइएको छ । पीडित किशोरीद्वयको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । दुवैको अवस्था सामान्य रहेको बताइएको छ ।

सांकेतिक तस्बीर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ