ग्यास बुलेटको ठक्करबाट २ पैदल महिलाको मृत्यु

ग्यास बुलेटको ठक्करबाट २ पैदल महिलाको मृत्यु

  • आइतवार, कार्तिक २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

२५ कात्तिक, काठमाडौं ।

भारतीय नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा धादिङमा दुई महिलाको मृत्यु भएको छ ।

आइतबार दिउँसो धादिङको रोराङ गाउँपालिका वडा नम्बर ५ मा भारतीय नम्बर यूपी ७५ एजे ५२०८ को ग्यास बुलेटले ठक्कर दिँदा सोही गाउँपालिका वडा नम्ँबर पाँचकै ३५ वर्षीया गीता नेपाली र २१ वर्षीया सुनिता नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्यास बुलेटले अनियन्त्रित भई पैदल हिँडिरहेका उनीहरुलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएका दुवैजनाका उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घटनालगत्तै दुवै जनतालाई नजिकैको गजुरी स्वास्थ्य चौकीमा पुर्याइएको थियो ।

यसबारे थप विस्तृत विवरण आउन बाँकी छ । पछिल्लो एक सरकारी तथ्यांकअनुसार सडक दुर्घटनाबाट देशभर गरी दैनिक ६ जनाको ज्यान जाने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ