खोटाङ ।
खोटाङको दिक्तेल रत्नपार्कमा आगलागी हुँदा लाखौ रुपैयाको क्षती भएकोछ ।
आगोले दुई घर जलेर नष्ट भएका छन् भने आगलागी फैलन नदिन अन्य ३ घर भत्काईएको छ ।
आगोले स्थानीय अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करीब ८ घण्टा पछि आगो निभाइएको थियो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल नहुँदा आगो निभाउन ढिलाई भएको हो ।
आगो निभाउन असहज भएका कारण स्थानीय राजु श्रेष्ठ, नविन गुरुङ र रविध्वज राइको घर भत्काइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल जीर्ण हुँदा थन्किएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline