युरोपा लिग फुटबल: ७ वटा क्लब अर्को चरणमा प्रवेश

युरोपा लिग फुटबल: ७ वटा क्लब अर्को चरणमा प्रवेश

  • शुक्रबार, कार्तिक २३, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, कात्तिक २३ । युरोपा लिग फुटबलमा ७ वटा क्लब अर्को चरणमा प्रवेश गरेका छन् ।  अन्तिम ३२ मा छानिने टोलीमा इङ्ल्यान्डका चेल्सी र आर्सनल, जर्मनीका फ्र्याङ्कफर्ट र बायर लिरभकुजेन, ईटालीको लाजियो, चेक गणतन्त्रको डाईनामो जाग्रेब र स्विट्जरल्याण्डको एफसी ज्युरिच रहेका छन् ।

समूह ‘एल’को खेलमा चेल्सीले रोमानियाको बाते बोरिसोभलाई १–० ले हराउँदा अर्को इङ्लिस क्लब आर्सनलले पोर्चुगलको स्पोर्टिङसँग गोलरहित बराबरी खेल्यो ।

यसैगरी अन्तिम ३२ चरणमा छानिएको जर्मन टोली बायर लिभरकुजेनले स्विट्जरल्याण्डको एफसी ज्युरीचलाई १–० ले हराउँदा आईन्त्राच फ्र्याङ्कफर्टले साईप्रसको अपोलोन लिमासोललाई ३–२ ले पाखा लगायो ।

यसैगरी ईटालीको लाजियोले फ्रान्सको मार्सेलाई २–० ले हराउँदा चेक गणतन्त्रको डाईनामो जाग्रेबले स्लोभाकियाको स्पार्टाक त्रानाभालाई ३–१ ले पन्छाउँदै अर्को चरणमा स्थान सुरक्षित ग¥यो ।

युरोपियन क्लव फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगमा गएराति स्कटल्याण्डको सेल्टिक, स्पेनको सेभिया र ग्रिसको ओलम्पियाकोसले पनि आ–आफ्नो खेल जितेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ