बिर्तामोड/ नेकपा झापा अन्तर्गत जिल्ला जनपरिसद झापाले ८ जना ब्यक्तिको नाम सार्वजानिक गरेको छ ।
बिर्तामोड नगरपालिका वार्ड नं. ५ स्थित द्रौपती पौडेलको नाममा रहेको चार कठ्ठा जग्गामा रहेको दुइ तले पक्की घर केही दलाल र बिचौलियाको मिलेमतोमा झ्वाम पारेपछी यो घटनाले गम्भीर रुप लिन थालेको छ । २०७० साल माघमा पौडेल परिवारलाइ २५ लाख ऋण चाहिएको र चिनेजानेको बिर्तामोड निवासी बिष्णुबहादुर ढकालसँग ऋण मिलाइदिन माग गर्दा उसले उक्त घर जग्गाको दृष्टिबन्धक गराइ २५ लाख ऋण दिएको र सोही दिन काठमाडौ निवासी टेकनाथ हुमागाइँलाइ पास गराइ ढकालले ९३ लाख लिएको कुरा बुझिएको छ ।
यस घटनाबारे बुझ्दै जाँदा मालपोत कार्यलय झापाका कर्मचारी, ग्लोबल आइएमइ बैंकका म्यानेजर पवन कुमार पौडेल , जनता बैकका म्यानेजर र जग्गा दलालहरुको मिलेमतोमा कान्ता अग्रवाल र अर्चना पौडेलको नाममा पुगिसकेको बुझ्नमा आएको छ । जिल्ला अदालत झापाले जग्गा रोक्का राख्नु भनेर मालपोत कार्यलयलाइ पत्रचार गरेपनि बैंकका कर्मचारी र जग्गा दलालहरुको कमिसन खाइ जग्गा फुकुवा पास गरिदिएको बुझ्नमा आएको छ । अहिले पौडेल परिवारको बिचल्ली पारिएको छ ।
यसैबिच नेकपा जनपरिसद झापाले विज्ञप्तिमार्फत कडा चेतावनी दिएको छ । साथै सम्पुर्ण सरोकारवाला, जिल्ला प्रशासन कार्यलय झापा, इलाका प्रहरी कार्यलय बिर्तामोड , बिर्तामोड नगरपालिकाको कार्यलय, पत्रकार, मानबअधिकारबादि संस्था लगायतलाइ पिंडितलाइ न्याय दिलाइदिन आवस्यक पहल गरिदिन अनुरोध समेत गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline