इटहरी, २१ कार्तिक ।
इटहरी ६ स्थित धरान रोडमा रहेको एक व्यारिक भवनमा भिषण आगलागी भएको छ ।
भवनको दोस्रो तलामा रहेको बन्द सप्तकोशी इलेक्ट्रोनिक्स पसलबाट सुरु भएको आगो फैलदा उक्त भवन सँगै रहेको दोस्रो भवनमा पनि क्षति पुगेको छ । दिउँसो साढे एक बजेबाट सुरु भएको आगो झण्डै साढे २ घण्टा पछि नियन्त्रणमा आएको छ ।
इटहरी उपमहानगरपालीका, दुबी महानगरपालीका, धरान उपमहानगरपालीका, विराटनगर महानगरपालीका, विराटनगर विमानस्थल, ईनरुवा नगरपालीकाबाट आएको दमकल, नेपाल प्रहरी ,ससस्त्र, नेपाली सेना र सर्वासाधारणको प्रयासमा आगो नियन्त्रणमा आएको हो ।
बिद्युत सर्ट भएर आगलागी भएको प्रहीको प्रारम्भि अनुमान छ । आगलागीमा परी २० करोड बढीको क्षती भएको अनुमान गरिएपनि क्षतिको विवरण संकलन भईरहेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी शिब श्रेष्ठले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline