तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति– उपराष्ट्रपति

तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति– उपराष्ट्रपति

  • आइतवार, कार्तिक १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, १८ कात्तिक ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज दिउँसो निधन हुनुभएका पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज साँझ लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व तुलाधारको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत गर्नुभयो । “मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्ति प्रक्रियाको पहलकर्ता आदरणीय पद्मरत्नज्यूको निधनले म स्तब्ध भएको छु”, उपराष्ट्रपतिले परिवारजनसँग भन्नुभयो ।

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै नेपालको परिवर्तनकारी आन्दोलन, विशेषगरी पञ्चायतविरुद्धको सङ्घर्ष, २०६२÷६३ को जनआन्दोलन र नेपालको शान्ति प्रक्रियाका लागि उहाँले पु¥याउनु भएको योगदान सगरमाथा जस्तो उच्च रहेको बताउनुभयो । उपराष्ट्रपतिले पद्मरत्नको भौतिकरुपमा निधन भए पनि सधैँका लागि बाँचिरहने बताउनुभयो । “मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ ऊ अमर रहन्छ”, उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ