पचहत्तर जनालाई ‘गाउँ ब्लक’को पुर्जा

पचहत्तर जनालाई ‘गाउँ ब्लक’को पुर्जा

  • आइतवार, कार्तिक १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

बुटवल, १८ कात्तिक

नापी कार्यालयले आज ७५ जनालाई गाउँ ब्लकको पुर्जा वितरण गरेको छ ।

बुटवल उपमहानगरपालिका वडा नं १७, १८ र १९ मा बस्दै आएका उनीहरुलाई सो पुर्जा वितरण गरिएको रुपन्देहीका नापी अधिकृत जनकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

रुपन्देही, बुटवल उपमहानगरपालिका १७ मा १८ जनालाई कित्ता नं १०२ को कूल एक बिगाहा १९ कठ्ठा सात धुर, बुटवल उपमहानगरपालिका १८ मा कित्ता नं २४ को आठ जनालाई कूल १६ कठ्ठा पाँच धुर र बुटवल उपमहानगरपालिका १९ मा कित्ता नं ४८ को दुई बिगाहा १६ कठ्ठा ४९ जनालाई वितरण गरिएको छ ।
“जनशक्ति व्यवस्थापन भए गाउँ ब्लकको पुर्जा वितरण रुपन्देहीभर सक्ने उद्देश्य छ”, नापी अधिकृत भण्डारीले भन्नुभयो ।

यसअघि बुटवल उपमहानगरपालिकाका विभिन्न वडामा पनि गाउँ ब्लकको पुर्जा वितरण भएको थियो । विसं २०२७ मा नाप नक्सा हुँदा घना बस्ती भएकाले छुट भएको कित्तालाई एउटा ब्लकमा राखिएकाले त्यसलाई गाउँ ब्लक भनिएको बताइएको छ । रुपन्देहीमा अझै पनि एक हजार ४५४ कित्ता गाउँ ब्लक जग्गाको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ