पशुपतिनगरमा नेपाल र भारतका सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेस्क’

पशुपतिनगरमा नेपाल र भारतका सीमा सुरक्षा बलको संयुक्त ‘हेल्प डेस्क’

  • शनिबार, कार्तिक १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

पशुपतिनगर, १७ कात्तिक

पूर्वी पहाडी नाका इलामको पशुपतिनगरको सीमा क्षेत्रमा नेपाली सीमा शसस्त्र बल र भारतीय सीमा सुरक्षा बलको संयुक्त ‘सहायता कक्ष’ स्थापना भएको छ ।

नेपाली सीमा सुरक्षा पोष्ट पशुपतिनगर र भारतीय सीमा सुरक्षा बलले सीमा क्षेत्रको नेपाल भारत दुवै क्षेत्रमा संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका समयमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण र दुवै देशका नागरिकलाई आवतजावतमा सहज पु¥याउने उद्देश्यले संयुक्त नागरिक सहायता कक्ष स्थापना गरिएको सीमा सुरक्षा पोष्ट पशुपतिनगर इलामका प्रमुख शशाङ्क कार्कीले बताउनुभयो ।

दुवै देशको सीमा क्षेत्रमा राखिएको सहायता कक्षमा नेपाली र भारतीय सीमा सुरक्षा बलका एक÷एक जवान बिना हतियार राखिएको छ । उनीहरुले नेपालबाट भारत जाने नागरिक र भारतबाट नेपाल आउने नेपाली तथा भारतीय नागरिकलाई अप्ठ्यारो परेमा सहयोग गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ