७ लाख वढी नगद पुरस्कार राशीको चौथो संस्करणको फारवेष्ट कप मंसीर १४ गतेदेखि

७ लाख वढी नगद पुरस्कार राशीको चौथो संस्करणको फारवेष्ट कप मंसीर १४ गतेदेखि

  • शुक्रबार, कार्तिक १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

धनगढी।

फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको चौथो संस्करण आगामी मंसीर १४ गतेदेखि सुरु हुने भएको छ । धनगढी रंगशालामा हुने प्रतियोगिता मंसीर २१ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगिताका तीन ओटा संस्करणपछि आयोजक फारवेष्ट पसुपति युवा क्लवले चौथो संस्करण सुरु गर्न लागेको हो । नगद ७ लाखभन्दा वढी पुरस्कार राशीको प्रतियोगितामा ४६ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
आयोजक फारवेष्ट पशुपति युवा क्लवले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिईएको छ । प्रतियोगिता आउन एकमहिना बाँकी रहेको अवस्थामा तयारी सुरु गरेको क्लवका अध्यक्ष खेम रावतले जानकारी दिए । १६ टीमको सहभागीता रहने प्रतियोगिताको विजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख सहित ट्रफी प्रदान गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ