सहिद परिवारकोमा श्रमदान गर्दै नेकपा रुपन्देही

सहिद परिवारकोमा श्रमदान गर्दै नेकपा रुपन्देही

  • शुक्रबार, कार्तिक १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

शिव डुम्रे / बुटवल,कार्तिक १६ ।
नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले जिल्लाको सैनामैना नगरपालिकामा रहेको सहिद परिवार तुल्सा पाण्डेको खेतमा धान काटेर श्रमदान गरेको छ । नेकपा रुपन्देहीले बुधवार जिल्लाको अभियान अन्तर्गत धान काटेर श्रमदान गरेको हो ।
श्रमदान कार्यक्रममा जिल्ला इन्चार्ज संगम लगायत जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जनयुद्धको क्रममा तुल्सा पाण्डेका एक छोरा दुर्गा पाण्डे (विवेक) सहिद र एक छोरा युवराज पाण्डे (किरण) बेपत्ता भएका थिए ।
नेकपाले सहिद, घाइते तथा वेपत्ता परिवारलाई विभिन्न सिर्जनात्मक कार्यक्रमहरु गरेर सहयोग गर्दै आइरहेको जिल्ला इन्चार्ज संगमले बताए । रुपन्देहीमा जनयुद्धको क्रममा सहदात प्राप्त गर्ने सहिदहरुको संख्या झण्डै ६९ जना रहेको छ । सहिद सप्ताहको सन्दर्भमा नेकपा रुपन्देहीले सम्मान समेत गर्दै आएको छ । यसैगरी अन्य सहिद परिवारको मा पनि भेटघाट तथा श्रमदान गरेर आफ्नो अभियानको बारेमा सहिद, बेपत्ता परिवारसँग भेटघाटसँग छलफल गर्ने तयारी रहेको नेकपाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ