कैलालीमा क्याम्पस प्रमुख सहित १० जना विप्लव नेकपामा प्रवेश, ताप्लेजुङमा सत्तारुढ दल छोडी आधादर्जन ध्रुबीकृत  

कैलालीमा क्याम्पस प्रमुख सहित १० जना विप्लव नेकपामा प्रवेश, ताप्लेजुङमा सत्तारुढ दल छोडी आधादर्जन ध्रुबीकृत  

  • बिहिबार, कार्तिक १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

१५ कार्तिक, ताप्लेजुङ ।
सत्तारुढ पार्टी परित्याग गरी ताप्लेजुङको पाथिभरा याङवरकका आधा दर्जन नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा ध्रुबीकृत भएका छन् ।

ताप्लेजुङमा ‘संगठन सुदृढीकरण तथा बिस्तार अभियान’ को क्रममा सोमबार पूर्बमाओवादी केन्द्र जिल्ला सचिबालय कमिटी सदस्य दिलिप पौडेल, पूर्बएमाले जिल्ला सदस्य किशोर मेन्याङ्बो सहित आधादर्जन नेताकार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रबेश गरेका हुन् । ध्रुबीकृत सबै नेताकार्यकर्तालाई जिल्ला सेक्रेटरी सकलले स्वागत गर्दै पार्टी प्रबेश गराएका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी, पाथिभरा याङवरक गाउँपालिका स्तरीय कमिटी पनि बनेको जिल्ला सेक्रेटरी सकलले बताए । उनले, दोर्जे लामाको नेतृत्वमा ९ सदस्यीय गाउँपालिका कमिटी बनेको बताए । पछिल्लो समयमा बिभिन्न पार्टी परित्याग गरि नेकपामा ध्रुवीकुत हुनेको संख्या देशभर बढ्दो छ ।

यसैक्रममा कैलालीमा पनि क्याम्पस प्रमुख सहित विभिन्न पार्टी परित्याग गरी १० जना केकपा मा प्रबेस गरेका छन् । आज कैलाली को धनगढी उप महानगर पालीकामा संगठन सुदृढीकरण तथा बिस्तार अभियानको क्रममा एक कार्यक्रम मा १० जना प्रवेश गरेका छन् । कार्यक्रम मा जिल्ला इन्चार्ज विवेक र थारुवान जनसरकार प्रमुख महानले अबिर टिका लागाएर स्वागत गरि पार्टी प्रवेश गराएका छन् । उक्त कार्यक्रम को सन्चालन डिसिएस प्रकाश मल्लले गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ