नेकपा कन्चनपुरद्वारा अायाेजित शुभकामना तथा समाजवादी विचार आदान प्रदान कार्यक्रम सम्पन्न

नेकपा कन्चनपुरद्वारा अायाेजित शुभकामना तथा समाजवादी विचार आदान प्रदान कार्यक्रम सम्पन्न

  • बिहिबार, कार्तिक १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

कन्चनपुर, १५ कार्तिक ।

नेपाल कम्युनिष्ट पार्टी,कन्चनपुरले तिहार,छठ पर्वको उपलक्ष्यमा शुभकामना तथा समाजवादी विचार आदान प्रदान कार्यक्रम आयोजना गरेको छ। जिल्ला सेक्रेटरी परीवर्तनको अध्यक्षतामा संचालन गरीएको कार्यक्रममा पार्टीका पोलीटव्युरो सदस्य ओम प्रकाश पुन प्रमुख अतिथि,व्युरो ईन्चार्ज राप्ती,जिल्ला ईन्चार्ज अग्नि,नेपाली कांग्रेस जिल्ला सह-सचिव लेखराज जोशि,नयाँ शक्ती नेपालका नेता महादेव भट्ट,ग्रेटर नेपालका संयोजक गजेन्द्र पाण्डेय लगायत राजमो,क्रान्तिकारी माओवादीका नेताहरु अतिथि थिए ।

नयाँ समाज र संस्कृति निर्माण गर्दै सामाजिक स्वतन्त्रता,समृद्धी र एकताका लागि वैज्ञानिक समाजवादी व्यवस्था अनिवार्य आवश्यकता रहेको बताउदै प्रमुख अतिथि पुनले अगाडी भने,अहिलेको वाम खोल ओढेको सरकारले एक पछि अर्को राष्ट्र र जनताका विरुद्ध काम गर्दै गईरहेकाले समाजमा विभिन्न खालका सामाजिक विकृती,विसंगती,असन्तुलन चरमोत्कर्षमा पुगेको छ ।

कम्युनिष्टलाई धर्म विरोधी भनेर लगाउने आरोप निराधार भएको र कम्युनिष्ट धर्म विरोधी नभएर धर्म निरपेक्ष हो।र,सबै धर्म संस्कृतीलाई समान ढंगले सम्मान गर्दै धर्म भिरुहरुले फैलाएको कर्तुतहरुको भण्डाफोर गर्दै अगाडी बढीरहेका छौं।साथै,अगाडी भने-राष्ट्रवादी शक्तीहरु सहीतको समाजवादी व्यवस्था निर्माणका लागि अन्तिम तयारीमा रहेको र सम्पुर्ण देशभक्त राष्ट्रवादी शक्तीहरुले साथ दिनुपर्छ।

कार्यक्रमका अतिथि महाकाली व्युरो ईन्चार्ज राप्तीले अवको लडाई प्रहरी सेना सित नभएर सामाजिक दलाल नोकरशाहहरुका विरुद्ध भएको र राजधानिमै रहेर लड्ने भने।कार्यक्रममा समाजसेवी,बुद्धिजिवि,मानवअधीकारकर्मि,कानुन व्यवसायी,पत्रकारहरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ