‘महिला गीतकार सम्मान’बाट खत्री सम्मानित

‘महिला गीतकार सम्मान’बाट खत्री सम्मानित

  • बुधबार, कार्तिक १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौं, असोज १४ । साहित्यकार गीता खत्रीलाई बुधबार ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ ।
महिला गीतकार संघ नेपालले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकार तथा गीतकार खत्री सम्मानित भएकी हुन् । उनलाई वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी र संघका प्रमुख संरक्षक उन्नती बोहोरा ‘शीला’ले सम्मान गरेका थिए ।
कार्यक्रम आयोजक महिला गीतकार संघ नेपालले प्रमुख अतिथि भद्राकुमारी घले र विशिष्ट अतिथि राधेश्याम लेकालीलाई पनि सम्मान गरेको थियो । प्रमुख अतिथि घलेले नेपाली साहित्यमा महिलाहरुको क्रियाशिलता देखेर आफू प्रफुल्ल रहेको बताइन् ।

सो अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष समेत रहेकी सम्मानित खत्रीले ‘महिला गीतकार सम्मान’ प्राप्त भएपछि आफूमा अझै बढी जिम्मेवारी थपिएको महशुस गरेको उल्लेख गरिन् ।

कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, साहित्यकारहरु गोपीकृष्ण प्रसाई, लक्ष्मी उप्रेती, गुञ्जनका पूर्वअध्यक्ष गीता केशरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी