धनगढी ब्लुजको दोस्रो हार

धनगढी ब्लुजको दोस्रो हार

  • बुधबार, कार्तिक १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

पोखरा । 
एक्सपर्ट धनगढी ब्लुजले पोखरा प्रिमियर लिगमा दोस्रो हार व्यहोरेको छ । तीन खेलमा एक खेलमा मात्रै जित हात पारेको धनगढीलाई अघिल्लो चरणमा पुग्न कठिन भएको छ । पोखरा स्टेडियममा आज भएको खेलमा चितवनसँग् धनगढी ब्लुज १ सय २६ रनको फराकिलो अन्तरले पराजित भएको हो । धनगढीको इनिङ्ग पहिलो ओभरदेखि नै धर्मरायो । कुनै रन जोड्दा दुईविकेट गुमाएको धनगढीले समालिन सकेन् । १६ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै ६७ रनमै समेटियो । एक्सपर्ट धनगढी ब्लुजका लागि पिटर ट्रेगोले सर्वाधिक २७ रन बनाए भने योगेन्द्र सिंह कार्कीले १७ रन बनाए । २१ बलको सामना गरेका ट्रेगोले तीन चौका र एक छक्का प्रहार गरे । योगेन्द्रले ३० बलमा एक छक्का प्रहार गरे । चितवनलाई सानदार जित दिलाउन सन्नी पटेलले सर्वाधिक चार विकेट लिए भने भुवन कार्की र शक्ती गौचनले दुई–दुई विकेट हात पारे ।
यसअघि टस हारेर पहिलो ब्याटिङ्ग गरेको चितवनका लागि हरि शंकर शाह र अनिल शाहले पहिलो विकेटका लागि १ सय एक रनको शानदार साझेदारी गरेपछि टोलीले ५ विकेटको क्षतिमा १ सय ९३ रनको बिशाल योगफल खडा गरेको थियो । हरि शंकरले ३३ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ५३ रन बनाए भने अनिलले ३४ बलमा तीन छक्का र एक चौकाको मद्दतमा ३७ रन बनाए । कप्तान पारस खड्काले ९ बलमा १९ रन बनाए । स्मित पटेलले २४ रन बनाए भने सन्नी पटेलले १६ बलमा २६ रन बनाए । करण केसीले ६ बलमा ११ रन बनाए ।

एक्सपर्ट धनगढीका लागि धनगढीका लागि दिपेन्द्र सिंह ऐरी, ड्यान लरेन्स, योगेन्द्र सिंह कार्की र मञ्जित श्रेष्ठले एक–एक विकेट हात पारे । धनगढी ब्लुजले अब भोली बुटवल ब्लास्टर्ससँग खेल्नेछ । लिग चरणको अन्तिम खेलमा पर्सि १६ गते पोखरा पल्टन विरुद्ध खेल्नेछ । धनगढी ब्लुज एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसको स्वामित्वमा छ । यसका ग्लोबल प्रवन्ध निर्देशक एवम् मालिक सन्जिव शर्मा र बद्री अर्याल रहेका छन् । टीम प्रशिक्षकमा मनोज कटुवाल र टीम व्यवस्थापकमा सुवाश प्रधान रहेका छन् । यसको शाखा धनगढीमा रहेकोले यो क्षेत्रलाई चिनाउनका लागि धनगढीकै नाम आउने गरी एक्सपर्ट धनगढी ब्लुजको नामवाट प्रतियोगितामा सहभागीता जनाएको धनगढीका निर्देशक दिपेन्द्र चौधरीले जानकारी दिए । एक्सपर्ट धनगढी ब्लुजलाई एक्सपोर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको मुख्य प्रायोजन र एजुकेशन सेन्टर अफ अष्ट्रेलिया सह प्रायोजन गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ