सोनु र सुवोधको उत्कृष्ट प्रदर्शनको बावजुद डीसीए पराजित

सोनु र सुवोधको उत्कृष्ट प्रदर्शनको बावजुद डीसीए पराजित

  • बुधबार, कार्तिक १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 19.2K
    SHARES

मुम्बई, १४ कार्तिक । मुम्बई टुरको आफ्नो अन्तिम मैत्रीपूर्ण अभ्यास खेलमा बुधवार धनगढी क्रिकेट एकेडेमी (डीसीए) पराजित भएको छ ।
कल्याण स्थित भिवन्डी गाउँको टिमले डीसीएलाई दुई विकेटले पराजित गरेको हो ।

३० ओभरको खेलमा डीसीएले दिएको एक सय ६७ रनको लक्ष्य भिवन्डीले अन्तिम एक ओभरको खेल बाँकी रहँदा आठ विकेट गुमाएर पूरा ग¥यो । मैत्रीपूर्ण खेल खेल्नका लागि कार्तिक चार गते मुम्बई आएको डीसीएले विभिन्न क्लबसंग छ वटा एकदिवसीय र एउटा टी–२० गरी सात वटा अभ्यास खेल खेलेको थियो । जसमध्ये तीनमा जित र चार खेलमा पराजयको स्वाद चाखेको छ ।

बुधवार सोनाले क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरेको डीसीएले निर्धारित ३० ओभर खेल्दै नौ विकेटको पतनमा एक सय ६६ रन बनाएको थियो । डीसीएका लागि सोनु मण्डलको पारी महत्वपूर्ण रह्यो । उनले अर्धशतक पूरा गर्दै नटआउट ६८ रन बनाए पनि त्यो व्यर्थ बन्यो ।

सोनुले तीन छक्का र तीन चौका प्रहार गरेका थिए । त्यस्तै, कप्तान सुवोध ऐरले विष्फोटन ब्याटिङ्ग गर्दै दुई छक्का र दुई चौकाको मद्दतले मात्र छ बलमा २० रन बनाए । किरण नाथले १९ रनको योगदान गरे पनि डीसीएको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
बलिङ्ग गर्दै भिवन्डीका सोेहेब गौरीले सर्वाधिक चार र खसिद अन्सारीले दुई विकेट प्राप्त गरे । डीसीएका अरु ब्याट्सम्यान रन आउट भएका थिए ।


जवाफी ब्याटिङ्गमा उत्रेको भिवन्डीले अन्तिम् ओभर बाँकी रहँदा जित हात पा¥यो । यद्यपि, उसले आठ विकेट गुमाएका कारण खेल जित्न निकै संघर्ष गर्नु परेको थियो । डीसीएका १० वर्षीय खेलाडी सुवोध तिवारीले तीन विकेट लिदैं खेल डीसीएको पक्षमा पारेका थिए । तर, निकै खराब फिल्डिङ्ग र चार वटा क्याच छोडेका कारण जित हुन सकेन ।

तिवारीले लगातार विकेट लिदैं भिवन्डीलाई दबावमा पारेका थिए । उनको बलिङ्गको प्रशंसा विपक्षी टिमले समेत गरे । मुम्बई टुरको क्रममा चार वटा खेलमा मात्रै बलिङ्ग गरेका तिवारीले प्रत्येक खेलमा विकेट प्राप्त गरे । उनको नाममा आठ वटा विकेट आयो ।
यसैगरी, बुधवारको खेलमा उत्कृष्ट ब्याटिङ्ग गरेका सोनुले विकेट पनि दुई वटा लिए । कुश मण्डलले दुई र सन्दिप आउजीले एक विकेट हात पारे ।

यसअघि  मंगलवार मुम्बई टुरमा रहेको धनगढी क्रिकेट एकेडेमी (डीसीए) आफ्नो छैटौं खेलमा पराजित भएको छ ।
मुम्बई स्थित कल्याणमा रहेको भिवन्डी गाउँको टिमसंगको टी–२० क्रिकेट प्रतियोगितामा डीसीए ४४ रनले पराजित भएको हो । सोनाले क्रिकेट मैदानमा टस हारेर एक सय २९ रनको लक्ष्य पछ्याउने क्रममा डीसीएले निर्धारित १५ ओभरमा आठ विकेट गुमाएर ८४ रनमात्रै बनाउन सक्यो ।
डीसीएका लागि कप्तान सुवोध ऐरले सर्वाधिक २८, किरण नाथले नटआउट १८, सोनु मण्डलले १२, सन्दिप आउजीले १०, सक्षम कार्कीले पाँच र रोहन विकले दुई रन बनाए । कुश मण्डल, सिजन कुँवर, सुवोध तिवारी शून्य रनमै पवेलियन फर्के ।


डीसीएलाई पराजित गर्ने क्रममा भिवन्डीका मितले सर्वाधिक तीन, रास्विलले दुई, उमर, हन्जला र साहेवले समान एक÷एक विकेट प्राप्त गरे । यसअघि ब्याटिङ्ग गर्दै भिवन्डीले १५ ओभरमा मात्र तीन विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।
भिवन्डीका राहुलले सर्वाधिक ४१ रन बनाउँदै नटआउट रहे । ललितले ३१, उमरले २७ रनको योगदान गरेपछि भिवन्डीले धनगढीसामु कदर योग्य लक्ष्य प्रस्तुत गरेको थियो ।


बलिङ्ग गर्दै डीसीएलाई विनोद विष्टले दुई र सोनु मण्डलले एक विकेटको सफलता दिलाए । बुधवार डीसीएले यहि टिमसंग आफ्नो अन्तिम् एकदिवसीय अभ्यास खेल खेल्दैछ ।
यसैबीच, डीसीए र भिवन्डीबीचको क्रिकेट खेलको उट्घाटन गर्दै साई सेवक प्रतिष्ठान सोनालेका अध्यक्ष विशु भाउ मात्रेले नेपालमा क्रिकेट राम्रो हुँदै गएको र जुनियर खेलाडीहरु एकदिन राम्रो खेलाडी बन्ने विश्वास व्यक्त गरे । उनले खेलमा कसैको जितहारभन्दा पनि क्रिकेटको जित हुने उल्लेख गर्दै जुनियर खेलाडीहरुको प्रगतिको कामना गरे ।


त्यस्तै, नेपालको तर्फबाट मन्तव्य राख्दै धनगढी उपमहानगरपालिकाको नगर स्तरीय खेलकुद समितिका संयोजक एवम् वडा नम्बर ४ का अध्यक्ष दीपक थापाले नेपालमा खेलकुद विकासका लागि विभिन्न पहलहरु भइरहेको बताए । उनले भने–‘हाम्रो मुलुकमा अहिले स्वास्थ्य र राष्ट्रका लागि खेल भन्ने नाराका साथ खेलकुदको गतिविधि अगाडि बढिरहेको छ ।’

तस्बिरः अविनाश चौधरी

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ