२७ उद्योगमाथि कारवाही, बिचौलिया मुक्त अभियान 

२७ उद्योगमाथि कारवाही, बिचौलिया मुक्त अभियान 

  • मङ्लबार, कार्तिक १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

हेटौँडा, १३ कात्तिक।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयले तोकिएको मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि आजदेखि कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

कार्यालयका अनुसार पाँच उद्योगलाई जरिवानासहितको कारवाही गरिएको छ । लामो समयदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगको सम्झौता रद्द गर्नेसम्मको कारवाहीको प्रक्रिया अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपालभूषण वैद्यले जानकारी दिनुभयो । कार्यालयले उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने, दर्ता समयमा नगर्ने र तोकिएको मापदण्डभन्दा विपरीत उद्योग सञ्चालन गर्ने भविष्य मैदा मिल, सुजल डेरी इण्डस्ट्रिज, सुजल फुड प्रालि, बानियाँ मल्टी प्रोडक्ट इण्डस्ट्रिज प्रालि र त्रिशक्ति पोली प्याक्स उद्योगलाई रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना गरेको छ ।

कार्यालयले कारवाहीमा परेका अन्य २२ उद्योगलाई ३५ दिनदेखि तीन महीनाभित्र सम्झौता अनुसार उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको जग्गा ओगटेर उद्योगका लागि पूर्वाधारसमेत नबनाएका उद्योगलाई ६ महीनाभित्र पूर्वाधार तयार गर्नसमेत कार्यालयले निर्देशन दिएको छ । औद्योगिक क्षेत्रका भवन जीर्ण भइसकेका छन् ।

बिचौलिया मुक्त अभियान 

हेटाँैडास्थित मालपोत कार्यालय र नापी कार्यालयमा सेवाग्राहीलाई बिचौलियाबाट मुक्त गर्न स्थानीय प्रशासनले आजदेखि निगरानी र कडाइ प्रक्रिया थालेको छ । बिचौलियाले सेवाग्राहीसँग काम गराइदिने भन्दै आर्थिक लाभ लिने गरेका छन् । उनीहरुले कार्यालयमा कार्यरत कर्मचारीलाई बदनाम गर्दै आएकामा सो कार्य रोक्न प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ