श्रीमानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता

श्रीमानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता

  • मङ्लबार, कार्तिक १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

कञ्चनपुर, १३ कार्तिक। श्रीमानले जबरजस्ती याैन सम्बन्ध राख्न खाेजेकाे भन्दै मुद्दा दर्ता गरिएकाे छ। भीमदत्त नगरपालिका २ भाँसीकी मञ्जु बडालले श्रीमान डम्बर जोशी विरुद्ध जबरजस्ती करणी उद्दाेगमा मुद्दा दर्ता गराएकी हुन्। श्रीमान् जोशीले जबरजस्ती यौनसम्पर्क राखेको भन्दै मुद्दा दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरिएकाे अाेझाले बताए। मुद्दा दर्तापछि डम्बरलाई पक्राउ गरिएको छ।

मुलुकी संहिता लागू भएपछि यस्तो प्रकारको घटना पहिलो पटक आएको अाेझाले बताए। अपराध संहिताको परिच्छेद १८ मा करणी सम्बन्धी कसूरको दफा ९४० को उपदफा ९३० मा वैवाहिक सम्बन्ध कायम गरेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरे पाँच वर्ष कारागार सजायको व्यवस्था छ। उक्त व्यवस्थानुसार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक ओझाले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ