सर्लाहीमा सत्तारूढ नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

सर्लाहीमा सत्तारूढ नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली लागेर एकको मृत्यु

व्यापक प्रहरी परिचालन

  • मङ्लबार, कार्तिक १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

१३ कात्तिक, काठमाडौं । सर्लाहीमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।

सर्लाहिको रामनगर–४ मा घटना भएकाे हाे । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालका अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरुको अवस्था सामान्य रहेको बताइएकाे छ।

यसअघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूहको वडाध्यक्ष रामनरेश महतोसँग विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

विवादका क्रममा उनीमाथि आक्रमण समेत भएको थियो । वडाध्यक्ष महतोमाथि भएको कुटपिटको विषयलाई लिएर मंगलबार झडप भएको बुझिएको छ । सात जना घाइते भएका छन् । बिहान ७ वजे दुई सयको संख्यामा आएका नेकपाका कार्यकर्ताहरुले आएर कुटपिट तथा गोली चलाउँदा वडाध्यक्ष महतोका काका ५५ बर्षीय राम बिलास महतोको मुख र पेटमा गोली लागि घटना स्थलमै ज्यान गएको सर्लाही क्षेत्र नम्वर ४ प्रदेश ‘क’ का सांसद बिरेन्द्र सिंहले जानकारी दिएका छन् ।

घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छरा लागि घाइते भएका स्थानीय प्रेम सिंहले जानकारी दिए ।

घाइते लिन गएको एम्बुलेन्स माथी समेत तोडफोड एम्बुलेन्स तोडफोड भएपछि घाइतेहरुलार्इ उपचारमा लैजान समस्या परेको प्रदेश सांसद सिंहले जानकारी दिए । झडपका क्रममा १० वटा घरमा पनि समेत तोडफोड भएको छ ।

सोमबार बिहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुँडा भाचिएको र टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए ।

गोली चलाउने व्यक्तिको खोजी जारी रहेको  प्रहरी नायब उपरिक्षक(डिएसपी) पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

प्रहरीले आरोपीहरुलाई पक्राउ नगरी संरक्षण गरेको स्थानीयको आरोप छ ।

घटना स्थलमा प्रहरीहरुलाई खटाइ घटना बारे बुझ्न प्रहरी उपरिक्षक(एसपी),लाई पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए ।

नेकपाका कर्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमा समेत तोडफोड गरेका छन् ।

घटनापछि सर्लाहीमा व्यापक प्रहरी परिचालन गरिएको छ । स्थानीयले हाल मृतकको शव उठाउन दिएका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ