गौचनको हत्यामा संलग्न ३ जना ‘कन्ट्रयाक्ट किलर’ पक्राउ, कारागारबाट पैसा पठाउने गरेको खुलासा

गौचनको हत्यामा संलग्न ३ जना ‘कन्ट्रयाक्ट किलर’ पक्राउ, कारागारबाट पैसा पठाउने गरेको खुलासा

  • सोमवार, कार्तिक १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

१२ कात्तिक, काठमाडौं ।  निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न ३ जना ‘कन्ट्रयाक्ट किलर’लाइ पक्राउ गरी प्रहरीले अाज सार्वजनीक गरेकेा छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले यही साता भारतको सिक्किमबाट उनीहरूलार्इ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौचन हत्याका ‘मास्टरमाइन्ड’ समिरमान सिंह बस्न्यात समूहका सुटर उदयपुरका अमरबहादुर राना, बिर्तामोडका लोप्साङ लामा र नागार्जुनका रोशन बुढाथोकी रहेका छन् । उनीहरुलाई नेपाल ल्याएर अाजअपरान्ह महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रहरीले भने उनीहरूलार्इ काँकरभिट्टामा समातेको दाबी गरेको छ ।

गौचनको विसं २०७४ असोज २३ गते दिउँसो बानेश्वरमा गोली हानी हत्या भएकाे थियाे ।

महाशाखाले आजै पत्रकार सम्मेलन गरी युवा सङ्घ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र गौचन हत्यामा संलग्नलाई पक्राउ गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले गौचनको हत्याका सुटरको रुपमा अम्बरबहादुर राना र तिवारीको हत्याको सुटरका रुपमा लोप्साङ रहेको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । “विसं २०७३ चैतमा काठमाडौँ बौद्धस्थित दिव्य पार्टी प्यालेसको जिम क्लबअगाडि दावा लामालाई गोली प्रहार गर्नेसमेत अम्बरबहादुर राना नै रहेको अनुसन्धानमा खुलेको छ,”उहाँले भन्नुभयो ।

लामा र गौचनको सुटर राना विस २०७२ मा कालीध्वज गण, इलामबाट नेपाली सेनाका भगौडा सिपाई रहेको महाशाखाले जनाएको छ । यी तीनैजना कारागारमा रहेका समिरमानसिंह बस्नेत र प्रहरी मुठभेडमा मारिएका मनोज पुनको निर्देशनमा विभिन्न समयमा हत्या र ज्यान मार्ने उद्योगमा संलग्न रहेको महाशाखाले जनाएको छ ।

प्रहरीले यसअघि घटनामा संलग्न रहेको भन्दै ११ जनालाई पक्राउ गरेपनि मुख्य सुटर भने पक्राउ गर्न सकेको थिएन । पक्राउ परेका तीनैजनालाई मङ्गलबार (भोलि) काठमाडौँ जिल्ला अदालतमा बुझाइने महाशाखाले जनाएको छ ।

पत्रकार सम्मेलनमा अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले तीन सुटर पक्राउ परेपछि हाललाई ठूलो हत्या योजना टरेको बताउनु भयाे ।

गौचनमाथि गोली प्रहार गर्ने अमर ०७२ सालमा इलामको कालिध्यज गणबाट भागेका भगौडा सेना हुन् । उनले गौचनसहित २९ चैत ०७३ मा बोद्धस्थित दिव्य पार्टी प्यालेसमा अर्का गुन्डा नाइके दावा लामालाई गोली प्रहार गरी घाइते बनाएका थिए । लामालाई केही अघि भारतीय प्रहरीले पक्राउ गरेको छ ।

सोमबार सार्वजनिक गरिएका तीनै जनाले अपराध महाशाखाका अधिकारीहरु समक्ष समिरले कारागारभित्रैबाट आफूहरुलाई रकम पठाएको स्वीकार गरेका छन्

गौचन हत्यामा प्रयोग भएका अर्का सुटर श्याम गोम्बेसँगै सेनाबाट भागेर आएर अमर कलंकी बस्दै आएको थिए । त्यहीबेला उनी समिरमानको निकट पुगेका थिए ।

झापाको बिर्तामोडका ४० वर्षीय लोप्साङले रुपन्देहीमा एमाले नेता दुर्गा तिवारीलाई ‘सुट’ गरेका थिए । समीरमान र ९ फागुनमा रुपन्देहीमा प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुनको निर्देशनमा उनले तिवारीको हत्या गरेका थिए ।

रोशन भने व्यापारीको रेकी गर्नेदेखि अन्य व्यवस्थापनको काममा संलग्न भएको प्रहरीको दाबी छ । ३० फागुनमा गौशालामा गुन्डा नाइके गणेश लामामाथि गोली रोशनले गोली प्रहार गरेको महाशाखाले आँकलन गरेको थियो ।

यद्यपि, रोशनले यो अभियोग स्वीकार गरेका छैनन् ।त्यसवेला लामालाई काठमाडौं प्रहरी परिसरको टोलीले पेस्तोलसहित पक्राउ गरेको थियो । ७ महिना कैद सजाय भुक्तान गरेका लामा दशैंअघि मात्र जेलबाट छुटेका थिए ।

गौचन हत्याका योजनाकार समिरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंसिर दोस्रो साता भारतको गोवामा पक्राउ गरी नेपाल ल्याएको थियो ।

सुरुमा नख्खु कारागारमा राखिएका उनले जेलबाटै हाइप्रोफाइल व्यक्तिको हत्या योजना बनाइरहेको गुप्तचर निकायले सूचना पाएपछि उनलाई मुस्ताङ कारागार सरुवा गराइएको थियो । तर, इन्काउन्टर गर्न खोजिएको दाबी गर्दै बस्न्यातकी श्रीमती माया शेरचनले सर्वोच्च अदालतमा रिट हालेपछि फेरि काठमाडौं ल्याइएको छ र हाल केन्द्रीय कारागार गोलघरमा छन् ।

हरीको दाबी अनुसार समिरलाई मुस्ताङ पठाउनको औचित्य अहिले आएर पुष्टि भएको छ । सोमबार सार्वजनिक गरिएका तीनै जनाले अपराध महाशाखाका अधिकारीहरु समक्ष समिरले कारागारभित्रैबाट आफूहरुलाई रकम पठाएको स्वीकार गरेका छन् ।

प्रहरी स्रोतका अनुसार उनीहरु सिक्किममा दुई महिनादेखि बसिरहेका थिए । मुम्बई, गोवा, दिल्ली लगायतका क्षेत्रमा भने उनीहरु विभिन्न होटल परिवर्तन गर्दै बस्ने गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ