कार्तिक १२, कैलाली
नेपाल कम्युनिस्ट पार्टी कैलालीले अाज विजयदशमि,दिपावलि र छठ पर्वको अवसरमा अन्तरक्रियात्मक चिया पान तथा समाजबादी संस्कृतिबारे बिचार आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमा बोल्दै नेकपाका पोलिटब्युरो सदस्य ओम प्रकाश पुनले समाजबादी संस्कृती र पुजीवादी संस्कृतिको बिषयमा चर्चा गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका नेता पुनले संस्कृतिमा भएका विविध खाले समस्या समाधान बैज्ञानिक समाजबादले मात्र गर्ने र त्यसको नेतृत्व एकीकृत जनक्रान्तिले गर्ने बताउनु भएको थियो ।
एक अर्को प्रशङगमा नेता पुनले धर्मको नाममा हुने विभेदका अन्तय गर्नुपर्ने बताउनु भएको छ । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवम सेति ब्युरो इनचार्ज सिकन्दर,केन्द्रीय सदस्य एवम् महाकाली ब्युरो इनचार्ज राप्ती,नागरिक समाजका अगुवाहरु, प्राध्यापक, डाक्टर,पत्रकार, कानुन व्यवसायीहरुले समेत अाफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा पार्टीका नेता कार्यकर्ता एवम् शुभचिन्तक हरुको ब्यापक उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले गर्नुभएको थियो भने सञ्चालन जिल्ला ईन्चार्ज विवेकले गर्नुभएको थियो ।
