योङ रेड फोर्स नेपालको प्रथम भेला सम्पन्न: अध्यक्षमा पाटन शेर्पाली निर्वाचित,सँगठनको नाम परिवर्तन 

योङ रेड फोर्स नेपालको प्रथम भेला सम्पन्न: अध्यक्षमा पाटन शेर्पाली निर्वाचित,सँगठनको नाम परिवर्तन 

  • सोमवार, कार्तिक १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 41.8K
    SHARES

१२ कार्तिक, काठमाडौ ।
योङ रेड फोर्स नेपालको प्रथम भेला काठमाडौँमा सोमबार सम्पन्न भएको छ । भेलाले पाटन शेर्पालीको अध्यक्षतामा ४५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । भेलाले सङ्गठनको नाम परिवर्तन गरी युवा सङ्गठन नेपाल पारित गरेको छ । सङ्गठनका पदाधिकारीमा उपाध्यक्ष प्रेम बिक दिनेश , महासचिव भैरव पुन (सागर)सचिव सञ्जीव लामा र कोषाध्यक्षमा तिलक गुरुङ ‘रोज’चयन भएका छन ।

भेलाको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शनले दलाल पुँजीवाद नेपाली क्रान्तिको प्रमुख अन्तरविरोध रहेको र एकीकृत जनक्रान्ति सम्पन्न गर्न युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताए । नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका साथै वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको नेकपाको नेतृत्वमा सम्पूर्ण क्रान्तिकारी कम्युनिस्ट र देशभक्तहरू एकताबद्ध हुनुपर्ने सुदर्शनले बताए ।

कार्यक्रमको उदघाटन सत्रमा ट्रेड युनियन महासघका अध्यक्ष अमर झाक्रि,दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष डम्बर बहादुर बिक,अखिल नेपाल महिला सँगठनका महासचिव भृकुटी,योङ रेड फोर्सका निर्वतमान अध्यक्ष दिपेश राई,क्रान्तिकारी पत्रकार सगठन नेपालका अध्यक्ष प्रकाश डुम्रे लगाएतले भेला सफलताको शुभकामना व्यक्त गरेका थिए ।


भेलामा देशभर बाट प्रतिनिधि प्रबवेक्षकको उपस्थित रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ