पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको निधन

पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको निधन

  • सोमवार, कार्तिक १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौँ, १२ कात्तिक ।

पूर्वअर्थमन्त्री डा बद्रीप्रसाद श्रेष्ठको पुल्चोकस्थित निदान अस्पतालमा निधन भएको छ । पिसाबसम्बन्धी समस्याबाट पीडित ८७ वर्षीय डा श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उहाँका भानिज दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थशास्त्री डा श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गर्नुभएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी छन् । उहाँका भानिज श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिनेछ ।

राजा ज्ञानेन्द्रको समेत आफ्नो प्रत्यक्ष शासनकालमा डा. श्रेष्ठ अर्थमन्त्री रहनुभएकाे थियाे । राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएको समयमा वरिष्ठ अर्थशास्त्री डा. बद्रीप्रसाद श्रेष्ठलाई विश्वविद्यालयका प्राध्यापकबाट अर्थमन्त्री बनाउनुभएकाे हाे । नेपालको अर्थ ब्यवस्थाको पूर्व ज्ञाता रहेका डा श्रेष्ठको निधनले नेपालले वरिष्ठ एवं एक राम्रा अर्थशास्त्री गुमाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ