साफ यू–१५: बङ्गलादेश सेमिफाइनलमा

साफ यू–१५: बङ्गलादेश सेमिफाइनलमा

  • सोमवार, कार्तिक १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

काठमाडौँ, १२ कात्तिक । 

साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ ।

ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा समूह चरणको अन्तिम खेलमा आज नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेश समूह विजेता बनेको हो । हार भए पनि नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो मिनेटमा बङ्गलादेशले मोहम्मद अहख सकिलको गोलमा खेलमा अग्रता लिएको थियो । नेपालले ३६ आँै मिनेटमा बराबरी गोल फर्कायो । नेपालका राकेश विश्वकर्मालाई बङ्गलादेशका गोलकिपरले लडाएपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा नेपालका जान लिम्बूले सहजै गोल गर्न सफल भए ।
पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको पहिलो मिनेटमै बङ्गलादेशका मोहम्मख राइओन हवलदारको गोलबाट बङ्गलादेशले अग्रता कायम गरेको थियो । हारसँगै नेपाल प्रतियोगिताको समूह ‘ए’बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । बङ्गलादेश यस जीतसँगै छ अङ्क जोड्दै समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ