प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल भर्ना, भास्कुलर सेन्टरमा राखेर उपचार गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको अस्पताल भर्ना, भास्कुलर सेन्टरमा राखेर उपचार गरिँदै

  • सोमवार, कार्तिक १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौ, १२ कार्तिक । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहान अस्पताल भर्ना भएका छन् ।

प्रधानमन्त्री ओली आज बिहान चार बजे काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।

उनलाई अहिले मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखेर उपचार गरिँदै छ । केही दिनयता बिरामी परेका ओली स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना भएका हुन् ।

रुघाखोकीसँगै ज्वरो आएका प्रधानमन्त्रीलाई हिजो भने ज्वरो केही घटेको थियो ।चिकित्सकहरुले तीन दिनसम्म आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्री ओलीले हिजो बाटुवाटारमै मन्त्रिपरिषद्को बैठक राखेका थिए ।

राति खोकी बढेपछि उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ