टेकेन्द्र बोहरा/ बझाङ।.
बझाङको सदरमुकाम चैनपुरमा म घुमुवा प्रहरी हु भन्दै सर्वसाधारणलाई कुटपिट गरेका छन .।
सनिवार सदरमुकाम चैनपुरमा लाग्ने बझाङको ऐतिहासीक तथा धार्मीक मेला सिलदेवी मेला हेर्न आएका जयपृथ्वी नगरापालीका वडा नँ ९का दिलीप खड्कालाई सदरमुकाम चैनपुरमै साझ सात बजेतिर कुटपिट गरेका हुन ।.
जिल्लाको सदरमुकाम चैनपुरको वडा प्रहरी कार्यालयका कार्यारत घुमुवा प्रहरी लक्ष्मण बिक,ले बिनाकारण आफ’माथी कुटपिट गरेको बताएका छन ।. बिक,ले कुटपिट गर्दा खड्काको पुरै शरिरमा घाँउ चोट लागेर हिडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन ।
.
केही महिना अगाडी बिक, सदरमुकाम चैनपुर र सदरमुकाम चैनपुर आसपासका वजारहरु मा जुवा खेलाउने र जुवा खेलेवाफत एक रातको दस हजार लिने गरेको सदरमुकाम चैनपुरका स्थानिवासिहरुले गुनासो गरेका छन ।
.
खड्का र उनका साथिभाई हरुलाई सदरमुकाम चैनपुरको बिच बजारमै कुटपिट गरेको थाहा पाएपछी पत्रकार गणेश बिक समाचार सँङ्कलन गर्न गएका बेला आफुमाथी घुमुवा प्रहरी बिक अन्य सात आठ जना प्रहरीले आफुहुलाई म पत्रकार हु भन्दा भन्दै पनी कुटेको पत्रकार बिकले बताएका छन ।
प्रहरीले पत्रकार बिकलाई कुटपिट गर्दा बि.कको शरीरमा गहिरो निल डाम परेका छन ।.
यसरी जनताको सेवाको रक्षाका लागी खटिने प्रहरी दिनदाहाडै यसरी सर्वसाधरण र पत्रकारलाई कुटिन थालेपछी सर्वसाधारण त्रसित बनेका छन ।