पिपिएलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजको जित

पिपिएलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजको जित

  • आइतवार, कार्तिक ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

कास्की, ११ कात्तिक।

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका दुई खेलमा बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन् । प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गर्ने क्रममा बुटवलले पोखरा पल्टनलाई ३३ रनले पराजित गर्न सफल भयो ।

पोखरा रङ्गशालाको खेल मैदानमा जारी प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको बुटवलले २० ओभरको खेलमा सात विकेट गुमाएर १५० रन बनायो । जितका लागि १५१ रनको लक्ष्य पाएको घरेलु टोली पोखराले पूरै ओभर खेल्दै नौ विकेट गुमाएर ११७ रन मात्र बनाउन सफल भयो । पोखराका मोहम्मद नाविदले चार ओभरमा २० रन खर्चिदै तीन विकेट लिएका थिए ।

प्रतियोगितामा आजको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्समाथि ७८ रनको जित दर्ता गरायो । निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८२ रन जोडेको धनगढीले दिएको १८३ रनको लक्ष्य पछ्याएको विराटनगर टाइटन १६ ओभरको चौथो बलमा सबै विकेट गुमाउँदै १०४ रनमै समेटिएको थियो । विराटनगरका छ ब्याट्सम्यान दोहोरो अङ्कको रन नबनाई पेभिलियन फर्किएपछि धनगढीले सहज जित दर्ता गर्न सफल भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ