मीटू अभियानको प्रभाव नेपालमा पनि, चर्चित राजनीतिक हस्तीहरूकाे कर्तुत हुँदैछन् सार्वजनीक

मीटू अभियानको प्रभाव नेपालमा पनि, चर्चित राजनीतिक हस्तीहरूकाे कर्तुत हुँदैछन् सार्वजनीक

  • आइतवार, कार्तिक ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं । विश्वव्यापी चर्चामा रहेको ‘मीटू’ अभियानमार्फत् नेपालमा पनि केही महिला पत्रकारहरुले आफूहरुमाथि यौनशोषण सार्वजनिक गरेका छन् । अमेरिकाका केही महिलाले यौनउत्पीडनविरूद्ध गत वर्ष सामाजिक सञ्जालमा आवाज उठाउँदै सुरु गरेको ‘ह्यासट्याग’ मीटू अभियान विश्वव्यापी फैलिएको छ ।

९० भन्दा बढी देशका महिलाले यो अभियानमार्फत् आफूमाथि भएका यौनहिंसाका घटनालाई सार्वजनिक गरेका छन् । हलिउडका नामी फिल्म निर्माता हार्भे विन्स्टनविरुद्ध थुप्रै अभिनेत्रीले यौनउत्पीडन र दुर्व्यवहारको आरोप लगाएका थिए ।

‘न्यूयोर्क टाइम्स’ले ती अभिनेत्रीहरुको बयान सिलसिलेवाररुपमा छाप्यो । अन्ततः हलिउडका हस्तीले हार मान्नुपर्‍यो । यो अभियानले भारतमा पनि तरंग पैदा गरेको छ । नाम चलेका कलाकार, पत्रकार र राजनीतिज्ञको हर्कत सार्वजनिक भएको छ ।

भारतका विदेश राज्यमन्त्री एमजे अकबर त प्रकरणले पदबाट राजीनामा दिन बाध्य भए ।चर्चित अभिनेता आलोकनाथ, लेखक चेतन भगतलगायत नाम चलेका पत्रकार पनि दुर्व्यवहारको आरोपमा मुछिएका छन् ।

मीटू अभियान नेपालको राजनीतिमासमेत प्रवेश गरेको छ । केही नेपाली महिलाहरुले सामाजिक सञ्जालमार्फत् आफूविरुद्व यौनशोषण र दुर्व्यवहार भएको दाबीसहितको विवरण सार्वजनिक गरेका छन् ।

पत्रकार रश्मीला प्रजापतिले प्रदेश नम्बर–३ का भौतिक पूर्वाधार तथा यातायातमन्त्री केशव स्थापितमाथि यौनजन्य हिंसा गरेकेा भन्दै सामाजिक सन्जाल मार्फत सार्वजनीक गरेकी छन् ।

उनले १५ वर्षअघि आफू काठमाडौं महानगरपालिकामा कार्यरत् रहँदा तत्कालीन मेयर स्थापितले आफूमाथि यौनदुर्व्यवहार गरेको दाबीसहितको विवरण सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।

अर्की पूर्वपत्रकार उज्जला महर्जनले पनि प्रजाप्रतिको आरोपलाई सहयोग पुग्नेगरी मन्त्री स्थापितले आफूलाई पनि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

यस अभियानले महिलालाई आफूमाथि भएको यौनजन्य हिंसाविरूद्ध बोल्ने साहस दिएको छ । तर, तथ्य र प्रमाणको दह्रो अभावमा मीटू अभियान आरोप–प्रत्यारोमै सीमित हुने खतरा पनि छ ।

म्यादहदका कारणले आरोपीलाई कानुनी दायरामा ल्याउन सहज नभएको अधिवक्ता मीरा ढुंगाना बताउँछिन् । यसका लागि कानुन नै संशोधन गर्नुपर्ने खाँचो रहेको उनको भनाइ छ ।

केहीले मीटू अभियान चर्चित व्यक्तिविरुद्ध रिसिइबी साँध्ने माध्यम बनेको पनि टिप्पणी गरेका छन् ।(इमेज)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ