अलैंचीको मूल्यमा पछिल्लो समयमा लगातार गिरावट

अलैंचीको मूल्यमा पछिल्लो समयमा लगातार गिरावट

  • आइतवार, कार्तिक ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

धनकुटा । महंगो मूल्यमा बिक्री हुने अलैंचीको मूल्यमा पछिल्लो समयमा लगातार गिरावट आइरहेको छ । अलैचीको मूल्यमा गिरावट आएसँगै अलैँची कृषक भने निराश देखिएका छन् ।

विशेष गरी पूर्वी जिल्लाहरुमा व्यापक रुपमा उत्पादन गरिने अलैँची धनकुटामा पनि पाइन्छ ।

बजारमा हरेक समानको मूल्य एकाएक उकालो लागिरहेको छ तर अलैँचीको मूल्य वर्षेनी घटिरहेको छ ।

यस्तो असन्तुलनले अलैंची कृषकहरु बढी मर्कामा परेका छन् । कुनै बेला अलैंची खेतीमा राम्रो संभावना देखेर लागेका धेरैजसो कृषक अहिले विचलित हुन थालेका छन् ।

२०३९ सालमा प्रतिमन २ हजार १ सय रुपैयाँ पर्ने अलैचीको मूल्य चार बर्ष अघिसम्म प्रतिमन १ लाख २० हजारसम्म पुगेको थियो ।

तर त्यसपछि लगातार खस्किएको अलैचीको मुल्य अहिले प्रतिमन ३० हजार रुपैंयाँ झरेको छ ।

अर्कोतिर यसको उत्पादन पनि विभिन्न रोगकिराको प्रकोपका कारण घट्दै गएको छ ।

जसका कारण झनै समस्यामा परेको स्थानीय कृषक रत्न बहादुर थापा गुनासो गर्छन् ।

मूल्य र उत्पादनमा आएको गिरावटले यस्ता अरु कृषक पनिे चिन्तित छन् ।

मुल्यमा आएको गिरावटको कारण धनकुटाका धरै किसानले पुरानो अलेचिनै बिक्रि गर्न सकेका छैनन् ।

अहिलेको मूल्यमा बिक्री गर्दा लगानी उठाउनै नसकिने अर्का महालक्ष्मी नगरपालिकाका  कृषक बिनोद थापा बताउँछन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी