अनिल गुप्ता,जितपुर ।
नेपाली काङग्रेसका युवा तथा प्रभावशाली नेता डा.शोभाकर पराजुलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०७ मा रहेको सार्वजनिक पुस्तकालयलाई एक कार्यक्रमका बिच ५६ वटा पुस्तक हस्तान्तरण गर्नु भयो ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ०७ का वडा अध्यक्ष रामबाबु गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काङग्रेसका कमर्ठ,युवा,प्रभावशाली,बहु प्रतिभाशाली तथा लोक प्रिय नेता डा.शोभाकर पराजुली प्रमुख अतिथी रहनु भएको थियो । त्यसतै बरिष्ट पत्रकार चनद्रकिशोर झा,महासमिती सदस्य कपिलदेव यादव,नगर सभापति श्यामबाबु गुप्ता,नगर उधोग बाण्ज्यि संध जितपुर सिमराका अध्यक्ष संजय साह तेली लगायतका बिशिष्ट अतिथी रहनु भएको थियो ।त्यसतै मोहरम मंसुर,,दुर्गा कुमार रिजाल,शक्ति गुप्ता,ज्ञानी पासवान,शुशील देडारी,राजेश गिरी,खेलकुद पत्रकार संध बाराका अध्यक्ष सुनिल गउले,बसन्त खतिवडा,रिपोटर्स क्लब बाराका सचिव अनिल गुप्ता लगायतकाले अतिथीको आसन ग्रहण गर्नुभएको थियो ।
सो कार्यक्रममा नारायणी रायमाझी,कृष्णवर्त सिंह,रामबाबु गुप्ता लगायतकाले पुुस्तकको बारे.मा आफ्ना महत्वपूर्ण भनाई राखनु भएको थियो । डा.पराजुलीले लेख्नुभएका लोकतन्त्र र सामाजवाद,सामाजवाद तथा कमिनिष्ट र बि.पी. कोईराला नामक किताबको बारेमा पनि व्याख्या गर्दै गिल्लो भात,तातो पानी तथा असल पुस्तक सबैलाई फाईदा गर्दछ साथै पुस्तक नै डा.पराजुलीको गर्ल फ्रेन्ड हो भन्ने बताउनु भयो । ५६ वटा पुस्तक हस्तान्तर गरेर आफुलाई नै उपहार दिएको डा. पराजुलीले बताउनु भयो ।