रामपुर, १० कार्तिक ।
उदयपुरमा एक जनाले झुण्डिएर अात्माहत्या गरेका छन् । बेलका नगरपालीका वडा नम्वर ६ का ५२ बर्षिय गवाजु परियारले अात्माहत्या गरेका छन् ।
अाज बिहान साढे सात बजे अाफ्नै घरमा पासाे लगाएर अात्माहत्या गरेका हुन् । छाेरीलाइ खाजा बनाउन लगाएर टाडमा चडेका उनले अात्माहत्या गरेका हुन् । जाउलाे भात पकाएर थालमा पस्किएपछि बाबुलाइ खान बाेलाउन जादा पासाे लागेर झुण्डिएकाे अवस्थामा फेला पारेकेा पारिवारीक श्राेतले जनाएकाे छ ।
उनकि श्रीमती बिहानै गाँउमा निस्किएकी थिइन । गवाजुका तीन छाेरा र पाँच जना छाेरी छन् । विगतमा मदिरा सेवन गरेर घरमा झगडा हुने गरेकाे भएपनि दशै यता भने कुनै झैझगडा नभएकाे स्थानीय बताउछन् ।
बाबुले अात्माहत्या गरेकाे देखेपछि माइलाे छाेराे कुमार परियार बेहाेस भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline