साफ यु–१५ : नेपालद्वारा माल्दिभ्समाथि गाेलकाे बर्षा, पाकिस्तानले भारतलाई हरायाे

साफ यु–१५ : नेपालद्वारा माल्दिभ्समाथि गाेलकाे बर्षा, पाकिस्तानले भारतलाई हरायाे

  • शुक्रबार, कार्तिक ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौं । नेपालले साफ यु–१५ च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–० ले पराजित गरेको हो । नेपालको जितमा जान लिम्बु, नमस थापामगर, सशांक बोहरा र दिपेश राईले एक एक गोल गरे ।

सुरुवातदेखि नै माल्दिभ्समाथि दबाब बनाएको नेपालले खेलको २८ औं मिनेटमा अग्रता लियो । नेपालका खेलाडीलाई माल्दिभ्सका डिफेन्डर नबुहान मोहमेदले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा गोल गर्दै जान लिम्बूले अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा नमस थापामगरले अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले अघि रहेको नेपालले दोस्रो हाफमा पनि २ गोल ग¥यो । नेपालका लागि सशांक बोहराले खेलको ६३ र दिपेश राईले ७० औं मिनेटमा गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।

त्यस्तै, बिहीबार नै भएको अर्को खेलमा पाकिस्तानले भारतलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित ६ राष्ट्रको सहभागिता रहेको छ । समूह ए मा आयोजक नेपालसँगै बंगलोदश र माल्दिभ्स रहेका छन् । समूह बी मा भने भारत, भुटान र पाकिस्तान रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ