आईसीसी विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक आज नेपाल आउने भएको छ । ४ दिने टुरका लागि आईसीसीको ट्रफी नेपाल आउन लागेको हो । बंगलादेशको ढाकाबाट दिउँसो ३ बजे काठमाण्डौ आईपुग्ने ट्रफीलाई साँझ ६ बजे स्वम्भुमा प्रदर्शनमा राखिनेछ । अर्को बर्ष इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेटको ट्रफी १ सय दिने भ्रमणका लागि अगष्ट २७ देखि २१ राष्ट्रको भ्रमणमा निकिालिएको हो । विश्वकपको ट्रफीलाई स्वयम्भुसँगै पोखरा, चन्द्रागिरी लगायतका स्थानमा राखिने छ । ट्रफीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यतालिका छ । सोहि दिन सर्बसाधारणले पनि ट्रफीको अवलोकन गर्न पाउनेछन । नेपालसहित २१ देशका ६० शहरमा मात्र विश्वकपको ट्रफी लैजाने आईसीसीले जनाएको छ । युएईबाट सुरु भएको यात्रा ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश हुँदै नेपाल आउन लागेको हो ।