अाजबाट पीपीएल सुरु हुँदै

अाजबाट पीपीएल सुरु हुँदै

  • शुक्रबार, कार्तिक ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग क्रिकेट पीपीएल आजबाट पोखरा रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर टाईटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा शरद भेषावकर र बिराटनगर सन्दिप लामिछानेको कप्तानीमा मैदान उत्रनेछन् । उद्घाटन खेल बिहान ११ बजे सुरु हुनेछ । फ्रेन्चाईज ६ टोली  सहभागी प्रतियोगिता, सिंगल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुनेछ । समुह चरणका १५ खेलपछि शीर्ष स्थानमा रहने टोलीले फाईनलमा स्थान बनाउने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटरमा स्थान बनाउनेछन् ।

सो खेलको बिजेताले उपाधिका लागि शीर्ष स्थानको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । बिजेताले २७ लाख रुपैयाँ हात पार्ने प्रतियोगिताको उपबिजेताले १० लाख रुपैयाँ हात पार्ने आयोजक क्विन्स ईभेन्ट म्यानेजमेन्ट प्रालीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ