होटेल सञ्चालके महिलाले पैसा चोरेको भन्दै नाबालकको हात भाँचिन्

होटेल सञ्चालके महिलाले पैसा चोरेको भन्दै नाबालकको हात भाँचिन्

  • बुधबार, कार्तिक ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

दैलेख, ७ कार्तिक ।  दुल्लु नगरपालिका–३ सियालामा रहेको सागर होटेल सञ्चालकले पैसा चोरेको आरोपमा होटेलमा श्रमिकका रूपमा कार्यरत १२ वर्षीय बालकको हात भाँचिदिएका छन् । होटेलमा बालश्रमिकका रूपमा कार्यरत १२ वर्षीय प्रकाश बुढाथोकीको होटेल मालिक्नी शान्ति शाहीले दाउराले हानेर हात भाँचिदिएको स्थानीयले बताएका छन् ।

सल्यानको दार्मा गाउँपालिका–६ घर भएका बालक शाहीले दसैँमा घर जान साहुसँग काम गरेको ज्याला मागेका थिए । आफूले कमाएर राख्न दिएको १५ सय रुपैयाँसमेत साहुनीले नदिएपछि उनी दसैँमा पनि घर जान पाएका थिएनन् । पछि बालकले १५ सय चोरेको आरोपमा होटेल साहुनी शान्तिले बालकको हात टेबुलमा राखेर दाउराले हानेर भाँचिदिएको स्थानीयको भनाइ छ । दाउराले हान्दा बालकको देब्रे हातको नाडी भाँचिएको छ ।

हात भाँचिदिएपछि शान्तिले बालकलाई गलहत्याएर होटेलबाट निकालेको स्थानीयले बताएका छन् । हात भाँचिदिएपछि बालकको उपचार गर्न होटेल सञ्चालक शान्तिलाई आग्रह गर्दा उनले वास्ता गरेकी छैनन् । घटनाका विषयमा खबर गर्दा प्रहरीले पनि चासो नदिएको स्थानीय तेजबहादुर महतले बताए । घटनाको १८ दिनपछि मात्र साहुनीले बालकको हात भाँचिदिएको सार्वजनिक भएको छ । स्थानीय प्रहरीले पीडितको उद्धार नगरेको अधिकारकर्मीले बताएका छन् । १८ दिनपछि स्थानीयले दैलेख सदरमुकामको महिला तथा बालबालिका सेवा केन्द्रमा खबर गरेपछि मात्र घटना सार्वजनिक भएको हो ।

मंगलबार साँझ बालकलाई दैलेख सदरमुकाममा ल्याइएको छ । सदरमुकाममा बालकको उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको छ । तर, घटनामा संलग्नमाथि कारबाहीको कुनै प्रक्रिया थालिकएको छैन । होटेल मालिक्नीका पति सुरेश शाहीले बालकको उपचारका लागि नेपालगन्ज लिएर गएको दैलेख प्रहरीले जनाएको छ । शान्ति शाहीले रुपैयाँ चोरेको रिसको आवेसमा कुटपिट गर्दा हात भाँचिएको स्विकारेकी छिन् ।नयाँपत्रिकाबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ