बलात्कृत बालिका विद्यालयबाट विस्थापित, आरोपित कोइराला प्रहरी कार्यालयबाटै फरार

बलात्कृत बालिका विद्यालयबाट विस्थापित, आरोपित कोइराला प्रहरी कार्यालयबाटै फरार

  • बुधबार, कार्तिक ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

उदयपुर । जबरजस्ती करणीमा परेकी बालिका विद्यालयबाट विस्थापित भएकी छन् । कटारी नगरपालिकाको त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्रा सो घटनापछि विद्यालयबाट विस्थापित भएकी हुन् ।

गत २८ बैशाखका दिन कटारी नगरपालिका– ४ सिम्ले पानी ट्याङकीका ३५ वर्षीय दिपेन्द्र कोइरालाबाट बलात्कृत बालिका विस्थापन भएकी हुन् ।

पीडक कोइरालाले आफनै घरमा डेरा गरी बस्ने बालिकालाई श्रीमती नभएको मौका छोपी राती बलात्कार गरेको पीडितले बताएकी छन् । नानी रोएको बहाना बनाई बालिकालाई फकाउन लगाई राती नानी लिन जाने निहुँमा बलात्कार गरेको उनले बताइन् ।

पीडित बालिका विगत साढे चार महिनादेखि विद्यालयमा अनुपस्थित रहेको विद्यालयका प्रधानाध्यापकले जानकारी दिए । गत जेष्ठ महिनामा ७ दिन विद्यालय आएपनि त्यसपछिका दिनहरूमा कुनै हाजिरी नरहेको उनले बताए । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा फर्म भर्ने समय आएपनि उनी विद्यालयमा उपस्थित नभएको प्रधानाध्यापकले जानकारी दिए ।

पीडित छात्रा प्रथम त्रैमासिक र अर्धवार्षिक परीक्षामा समेत अनुपस्थित भएको विद्यालयका प्रधानाध्यापकले बताए । पीडितका अभिभावकका अनुसार बालिकालाई मानसिक तनाव, विद्यालयमा जाँदा पनि त्यही घटना झल्को आइरहने, पढ्न मन नलाग्ने, त्यही घरमा बसेर पढ्दा राती आफै तर्सने गरेका कारण घर लिएर आएको बताए ।

पीडितका बुबाका अनुसार बलात्कारको आरोपमा पक्राउ परेका दिपेन्द्र कोइराला उदयपुर जिल्ला प्रहरी कार्यालय परिसरबाटै फरार भएका छन् । पीडक कोइरालाले आफनै घरमा डेरा गरी बस्ने बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय कटारीले गत १३ असारमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरमामा बुझाएका थिए ।

पीडकलाई पक्राउ गरी अनुसन्धान गर्ने र मुद्धा चलाउने अधिकार इलाका प्रहरी कार्यालय कटारीलाई हुँदाहुँदै सोही दिन जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरमा मुद्धा दर्ता गरी कारबाही अगाडी बढाउनु पर्नेमा १४ असार बिहान दुवै पक्षको अभिभावकलाई बोलाई छलफलको क्रममा आरोपित कोइरालालाई प्रहरी कार्यालयबाटै फरार गराइएको पीडितको गुनासो छ ।

पक्राउ परेकाका विरुद्ध मुद्धा दर्ता गर्न तत्कालिन प्रहरी उपरीक्षक नवराज भट्टलाई भन्दा पनि कुनै सुनुवाई नभएको अभिभावकको गुनासो छ । एसपी भट्टको कार्यकालमा अभियुक्त कोइराला फरार भएका हुन् । प्रहरी कार्यालयले त्यस समय मुद्धा दर्ता नगरी आलटाल गर्दै मिलापत्र गराउन खोजेको पीडितको अभिभावकको गुनासो छ ।

पीडकलाई कारवाही गर्न कुनै चासो नदिएको पीडितका अभिभावकको गुनासो छ । आरोपितलाई उनकै भाइ राम कोइरालाले प्रहरीकै आँखा अगाडि राजाबास–चुहाडे–मुर्कुची–नेपालटार हुँदै भगाएको पीडित पक्षले टिप्पणी गरेका छन् ।

पीडितका अभिभावकले भने–‘प्रहरीले पक्राउ गर्न चाहेको भए राजाबास, चुहाडे, मुर्कुची, नेपालटारसम्ममा पक्राउ गर्ने थियो । तर, एसपी भट्टले अपराधीलाई पक्राउ गर्न चाहेन ।’

एसपी भट्ट गत १६ साउनबाट प्रदेश प्रहरी कार्यालय प्रदेश नं. ४ पोखरामा कार्यरत छन् । पीडितका आफन्तका अनुसार आरोपित कोइरालालाई प्रहरी कार्यालयबाट उनकै भाइ राम कोइरालाले प्रहरीकै सामुन्नेबाट मोटरसाईकलमा चढाएर भगाएका हुन् ।

फरार आरोपी कोइरालालाई पक्राउ गरी कारबाही गर्न उजुरी दिएर पटक–पटक प्रहरी कार्यालय पुग्दा प्रहरीले ‘कसरी अपराधी चिन्नु, फोटो लिएर आउनू’ भन्दै टार्ने गरेको पीडितका अभिभावकले बताए ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक धुर्वकुमार श्रेष्ठका अनुसार जिल्ला प्रहरी कार्यालयमा गत २१ असारमा नै मुद्धा दर्ता भई आवश्यक प्रक्रियाको लागि यस कार्यालयमा पत्र आएको बताए ।राजधानीबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ