काठमाडौं, ७ कात्तिक । सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयद्वारा गठित बढुवा समितिले मंगलबार राति बढुवा सिफारिस गरेको हो ।
समितिले गरेको बढुवा सिफारिसमा परेका हरुमा क्रमशः प्रजाभक्त श्रेष्ठ, रामप्रकाश श्रेष्ठ, राजु अर्याल, नारायणदत्त पौडेल, सीपी गौतम र गोविन्द क्षेत्री रहेका छन् ।
बढुवा समितिमा गृहसचिव प्रेमकुमार राई अध्यक्ष, आईजीपी शैलेन्द्र खनाल सदस्य र एआईजी नारायणबावु थापा सदस्य सचिव रहेका थिए ।
बढुवामा अघिल्लो व्याचबाट एसएसपीहरु प्रजाभक्त र रामप्रकाश श्रेष्ठ परे । यो बढुवामा दोस्रो व्याचबाट को अगाडि आउने भन्ने चर्कै प्रतिस्पर्धा थियो । तेस्रो व्याचका गौतमले पनि दोस्रो व्याचभन्दा अगाडि आउन ठूलै प्रयास गरेका थिए । भावी आईजीपीसँग जोडिएकाले पनि यो बढुवालाई अत्यन्तै महत्वका साथ हेरिएको थियो ।
