निर्मला हत्या प्रकरणमा निलम्बित एसपी विष्ट र इन्स्पेक्टर भट्टको जवाफ कुर्दै गृह, जवाफ पठाउन किन हुँदैछ ढिलाई ?

निर्मला हत्या प्रकरणमा निलम्बित एसपी विष्ट र इन्स्पेक्टर भट्टको जवाफ कुर्दै गृह, जवाफ पठाउन किन हुँदैछ ढिलाई ?

  • बुधबार, कार्तिक ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, कार्तिक ७ । निर्मला पन्तको बलात्कारपछि हत्या अनुसन्धानमा गम्भीर लापरबाही गरेको आरोप खेपिरहेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसँग स्पष्टीकरण माग्दै पत्र काटेको गृह मन्त्रालय जवाफको प्रतीक्षामा छ ।

गृहले आइतबार प्रहरी प्रधान कार्यालयलाई पत्र बुझाएको थियो ।

पत्र बुझेको २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्ने कानुनी व्यवस्था छ, तर मंगलबार साँझसम्म विष्ट र भट्टले पत्र बुझेको सूचना आइनसकेको गृह मन्त्रालयले जनाएको छ । उनीहरुले पत्र बुझेको भरपाई प्रहरी प्रधान कार्यालयले गृहमा पठाएपछि मात्रै प्रमाणिक हुनेछ ।

गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव केदार शर्माले आफूहरु जवाफको प्रतीक्षामा रहेको बताए । ‘त्यसपछि कानुनसम्मत प्रक्रिया अगाडि बढाइने छ,’ उनले भने । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ