साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

साफ यू–१५ फुटबल प्रतियोगिता बुधबारदेखि

  • मङ्लबार, कार्तिक ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाडौँ, ६ कात्तिक  ।  चौथो संस्करणको साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता बुधबारदेखि शुरु हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा शुरु हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । 

प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश, माल्दिभ्स र पाकिस्तान छन् भने समूह ‘बी’मा भारत, भूटान र श्रीलङ्का छन् । प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ ।

नेपाली टोलीमा गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुँयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रविन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई तथा मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन् ।

नेपाली टोली अहिलेसम्म विजेता बन्न सकेको छैन । सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ । सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेतामा सीमित बनेको थियो । उपाधि होडमा अहिलेसम्म नेपाललाई भारतले रोक्दै आएको छ ।

नेपाली टोलीका प्रशिक्षक सनोज श्रेष्ठ नेपालको मुख्य लक्ष्य भनेको साफ च्याम्पियनसिपको उपाधि जित्नु रहेको बताउनुहुन्छ । “तयारी राम्रौ भइरहेको छ, एन्फा एकेडेमीका खेलाडी र खुला छनोटबाट आएको खेलाडी राम्रो लयमा छन् । यस पटक हाम्रो टोली साफ च्याम्पियनको उपाधिका लागि खेल्छ” प्रशिक्षक श्रेष्ठले भन्नुभयो । प्रतियोगिताको चारै संस्करण खेलेको नेपाल दुई पटक फाइनलमा हारेको थियो ।

प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल कात्तिक ८ गते पाकिस्तानसँग खेल्दै छ । कात्तिक १० मा माल्दिभ्ससँग र समूह चरणको अन्तिम खेल कात्तिक १२ गते बङ्गलादेशसँग खेल्नेछ । यसअघि भएको तीन संस्करणमध्ये भारतले दुई तथा बङ्गलादेशले एउटा जितेका छन् । भारतले सन् २०१३ र १७ मा दुई पटक उपाधि उचालिसकेको छ । त्यस्तै बङ्गलादेशले सन् २०१५ मा उपाधि उचालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ