कपिलवस्तुको सीमा बजार कृष्णनगरमा ५ घण्टाका लागि कफर्यु हट्यो

कपिलवस्तुको सीमा बजार कृष्णनगरमा ५ घण्टाका लागि कफर्यु हट्यो

  • मङ्लबार, कार्तिक ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

कपिलवस्तु, ६ कार्तिक ।

दुई समुहको बिवादका कारण कपिलवस्तुको सीमा बजार कृष्णनगरमा लगाइएको कफर्यु ५ घण्टाका लागि हटाईएको छ ।

आज बिहान ६ बजेबाट मध्यान्न १२ बजे सम्मलाई कफर्यु हटाईएको हो । यस अघि हिजो १२ बजेदेखि साँझ ५ बजेसम्म कफर्यु हटाईएको थियो ।

स्थानीयबासीको आग्रहमा उनीहरुलाई किनमेल गर्न, खाद्यान्न र उपभोग्यबस्तु आपुर्ति व्यवस्था मिलाउनकालागि कफर्यु हटाईएको समय थप गरिएको जिल्ला प्रहरीका डिएसपी रवि रावलले बताउनुभयो ।

दुर्गा मुर्ति परिक्रमा गर्ने क्रममा गत शुक्रवार साँझ जुुलुसमाथि ढुङ्गा हानिएपछि भड्किएको विवादले उग्र रुप लिएपछि तनानग्रस्त कृष्णनगरमा गत सोमबार साँझ ५ बजेबाट अनिश्चितकालिन कफुयु लगाईएको थियो ।

अवस्था सहज बन्दै गएपनि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै कफर्यु लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ