निर्मला पन्तको बलात्कारीलाई कार्बाही नभएको विषयले चासोको विषय रहेको कन्चनपुरमा फेरी अर्को बलात्कारको घटना घटेको छ । कञ्चनपुरमा तीन वर्षीय बालिका बलात्कृत भएकी छन् । गएराति भीमदत्त नगरपालिका, १२ की बालिका बलात्कृत भएकी हुन् । छिमेकीबाट बालिका बलात्कृत भएको पीडित परिवारले बताएका छन् ।
वडाका स्थानीय नेता गिरी सुनारका अनुसार साँझ साढे ७ बजेतिर पीडित बालिकाको घरमा खेल्न आएका १४ वर्षीय बालकले बलात्कार गरेका हुन् ।
‘बालिकालाई फकाएर घरपछाडि लगेर बलात्कार गरेछ’, ‘नेता सुनारले भने, ‘बालिकाले आमालाई बताएपछि बलात्कार भएको खुलेको हो ।’ बालिकाले आमालाई घटना वितरण बताएपछि राति नै उपचारका लागि महाकाली अञ्चल अस्पताल लगिएको सुनारले बताए ।
‘बालिकाको योनी सुनिएर रगत बगेको थियो’, ‘सुनारले भने, ‘उपचार गराएपछि घर लिएर गयौँ ।’ अहिले बालिकाको स्वास्थ्य अवस्था सुधार भएको परिवारले बताएका छन् । तीन वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बालकलाई पक्राउ गरेको छ । कञ्चनपुर प्रहरीले बालिका बलात्कार भएको पुष्टी गरेको छ । पीडकलार्इ कानुन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।