प्रधानन्यायधीश ओम प्रकाश मिश्रले मानव अधिकार उल्लंघनका घट्ना न्यून मात्र अदालतमा आउने गरेको बताउनु भएको छ । रुपन्देहीको भैरहवामा आयोजित मानव अधिकार सम्बन्धी कार्यक्रममा प्रधानन्यायधीश मिश्रले नेपालमा एक सय वटा मानव अधिकार उल्लंघनका घटना घट्दा मुस्किलले १५ प्रतिशत मात्रै अदालत सामु आउने गरेको बताउनुभयो । आफूमाथि अन्याय भएको सहेर बस्ने तीनै ८५ प्रतिशत जनता आफूमाथि अन्याय भएको र अवसर नपाएको गुनासो गर्ने गरेको उहाँले बताउनु भयो ।
आफ्नो मानव अधिकार हनन् भएर पनि चुपचाप सहेर बस्ने ८५ प्रतिशत जनतालाई पनि अगाडी आउने बातावरण बनाउन उहाँले मानव अधिकारवादी संघ संस्थालाई आग्रह गर्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline