डिसिए टोली मुम्बई पुग्यो, ७ वटा एकदिवसीय खेल खेल्न

डिसिए टोली मुम्बई पुग्यो, ७ वटा एकदिवसीय खेल खेल्न

  • सोमवार, कार्तिक ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

धनगढी क्रिकेट एकेडेमी(डिसिए)को टोली १० दिने खेल भम्रणका लागि मुम्बई पुगेको छ ।
टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग ७ वटा एकदिवसीय खेलहरु खेल्ने डिसिएले जनाएको छ। टोलीलाई आइतबार धनगढी उपमहानगरपालिकाका मेयर निर्पबहादुर वडले एक कार्यक्रमकाबीच विदाई गरेका थिए।
विदाई कार्यक्रममा शुभकामना मन्तव्य दिदैँ मेयर वडले खेलले कुनैपनि क्षेत्रलाई चिनाउँन तथा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले खेलको विकासका लागि आफूहरु प्रतिबद्ध रहेको बताए।
‘धनगढीलाई हामीले नगरपरिषद्बाटै क्रिकेटको शहर नामाकरण गरेका थियौं,’ वडले भने, ‘हामीले परिषद्बाटै प्रत्येक वर्ष सक्दो खेलविकासमा सक्दो बजेट विनियोजन गर्दै आएका छौं र आगामी वर्षमा बजेट बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।’
यस्तै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले खेलाडीहरुलाई प्रशिक्षणसँगै एक्सोजरको पनि आवश्यकता पर्ने भएकाले मुम्बई टूरले राष्ट्रका लागि प्रतिभावान खेलाडीहरु उत्पादनमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
‘यसअघि हामीले गरेको मुम्बई टूरका खेलाडीहरुले राष्ट्रिय टूरमा स्थान बनाइसकेका छन्,’ शाहीले भने, ‘यस टूरले पनि राष्ट्रिय टोलीका लागि नयाँ खेलाडी दिनेमा विश्वस्त छौं।’
टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विक लगायतका खेलाडी छन्। यस्तै प्रशिक्षकमा दीपेन्द्र चौधरी छन् भने व्यवस्थापकमा भरत जोशी रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ